भारतीय विदेशमंत्री एस जयशंकरले गौतम बुद्धलाई महान भारतीय भनेपछि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएपछि भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्रीको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको प्रष्टीकरण दिएको छ ।
आइतबार मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्तिमा बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको ‘ यो एउटा स्थापित र निर्विवाद तथ्य हो ‘ भन्दै प्रष्टीकरण दिएका हुन् ।
गौतम बुद्धको जन्मभूमिको बारेमा भारतीयले दिएको यो नै पहिलो अभिव्यक्ति भने होइन । यस अघि भारतीय प्रधानमन्त्रीले नै गौतम बुद्ध भारतको हो भन्ने अभिव्यक्ति दिएका छन् जबकि उनले २०१४ मा नेपाल आउँदा संसद भवनमा नेपाल शान्तिको प्रेरणा दिने गौतम बुद्ध जन्मेको देश हो भनेर गएको केही दिन पनि बितेको थिएन ।