साउन २६, काठमाडौं। नायिका पूजा शर्माले चलचित्र सञ्चारकर्मी प्रकाश सुवेदी र सुवेदी कार्यरत एपी 1 टेलिभिजन माथि उजुरी हालेकी छिन्।
पत्रकार सुवेदीले हरेक साता आफूलाई गिराएर बोल्ने गरेको भन्दै पूजाले प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि उजुरी दिएको सामाजिक सञ्जालबाट जानकारी दिइन्।
नायिकाको उजुरी पश्चात टेलिभिजन कार्यकम प्रस्तोता सुवेदीले चिप्लिएर गलत शब्द प्रयोग हुन गएकोमा क्षमा याचनाको भिडियो निकाले तर नायिकाले कार्यकममा बोलिएको त्यति लामो टिप्पणी चिप्लिएर बोलेको हुन नसक्ने भन्दै लामो पोस्ट राखेकी छिन्।
पूजाले आफूलाई साथ दिने चलचित्रकर्मी, दर्शक, पत्रकार सबैलाई धन्यवाद दिएकी छिन् । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पूजालाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।
Ap1 टिभिको रजतपट कार्यक्रम मा भएको कलाकार प्रतिको अपमानजनक टिप्पणी बिरूद्द हिजो हामिले कलाकार संघ, निर्माता संघ , Ap1…
Posted by Pooja Sharma on Sunday, 9 August 2020