साउन २६, काठमाडौं । सरकारले चार महिनाको लकडाउन अन्त्य गरेदेखि कोरोना संक्रमितको संख्या र मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढिरहेको छ।
गत वर्ष २०७६ साल चैत्र ११ गते सुरु गरेको लकडाउन यही साउन ७ गते अन्त्य गरेको थियो । अहिले कोरोना संक्रमितको बृद्धिदर देख्दा लकडाउन अन्त्यको घोषणा सरकारबाट हतारमा भएको पुष्टि हुँदै आएको छ।
आईतबार मात्र ३ सय ८० नयाँ संक्रमित थपिएको छन् भने २ को मृत्यु भएको छ । लकडाउन खुलेको एक दुई दिन देखि दिनहुँ तीन चार सय संक्रमित थपिरहेको देखिन्छ। हाल सम्म देशभर कोरोना संक्रमण संख्या २२ हजार ९ सय ७२ पुगेको छ । हाल सम्म जम्मा ४ लाख ४३ हजार ८ सय ४ जनाको पीसीआर परीक्षण भएको छ ।
अहिलेसम्मको तथ्याङ्क हेर्दा सरकारले कोरोना महामारी रोकथाम र उपचारका लागि ठोस नीति नियम कार्यान्वयनमा चुकेको देखिन्छ ।
लकडाउन अन्त्य सँगै ध्यान दिनुपर्ने कतिपय कुरामा सरकारबाट चुक भएकै कारण अहिले नेपालमा संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको हो । नाकामा लगाउनु पर्ने रोक खुल्ला गरेको कारण आईतबार सम्म वीरगञ्जमा मृत्यु हुनेको संख्या २२ पुगेको छ।
यसरी नै नाका खुल्ला राखे नेपाल महामारीको केन्द्रबिन्दु बन्न नसक्ला भन्न सकिन्न।