साउन २६, काठमाडौं । आज सोमबार काठमाडौंमा ६४ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कलंकी निवासी वृद्ध आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
मृतक संक्रमितमा भाइरल ज्वरो, निमोनिया र मधुमेहको समस्या भएका उनलाई गत साउन १५ गते भर्ना गरिएको थियो । १९ गते स्वाब संकलन गरी २१ गते कोरोना पुष्टि भएको थियो ।