साउन २७, भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ निकोसेरास्थित युनाइटेड नेपाल केमिकल प्रालिमा आगलागी भएको छ ।
सेनिटाइजर, साबुन, हार्डपिक, गिल्सरिन बनाउँदै आएको कारखानामा मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको भक्तपुरका डिएसपी दिपक गिरीले जानकारी दिनुभयो।
कारखानामा लागेको आगो जुद्ध बारुद यन्त्र भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको बताइएको छ।