साउन २७, काठमाडौं। आईतबार देखि लगातार सुनको भाउ घटिरहेको छ। मंगलबार सुनको मूल्यमा ८०० रुपैयाँले गिरावट आएको छ ।
मंगलमय नेपाली बजारमा सुनको मूल्य १ लाख १ हजार ६ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साउनको सुरुवात देखि बढेको सुनको मुल्य १ लाख ३ हजार ५ सय सम्म पुगेर यही आईतबार देखि घट्न थालेको हो।
सुनको मुल्य घटेपनि चाँदीको मुल्य भने ४० रुपैयाँले बढेको छ । मंगलबार प्रतितोला चाँदीको मुल्य १४ सय ३५ रुपैयाँ पुगेको छ ।