साउन २८, काठमाडौं। बुधबार सुनको भाउमा एकैचोटी ६ हजार २सयले गिरावट आएको छ।
मंगलबार ८०० सय घटेर प्रतितोला १ लाख १ हजार ६ सय निर्धारण भएकोमा आज प्रतितोला ९५ हजार ४ सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तैगरी बुधबार चाँदीको मुल्यमा पनि केही गिरावट आएको छ। मंगलबार १ हजार ४ सय ३५ पुगेको चाँदी आज २ हजार २५ रुपाई प्रतितोला १ हजार २ सय १० कायम भएको छ।