साउन २८, काठमाडौं। नेपाल राष्ट्र बैंकका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आज दिनभर विभाग सिल गरिएको छ । साथै संक्रमितको नजिक रहेर काम गर्ने सबै कर्मचारीको पनि पिसीआर परीक्षण गरिएको छ ।
बैंकका अन्य कर्मचारीको पिसीआर परीक्षणको तयारी भने भइरहेको छ ।