साउन २९, काठमाडौं। बिहिबार नेपालमा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङमार्फत आज मृत्यु हुनेहरूको जानकारी दिनुभयो । उनका अनुसार धनुषाको मिथिला नगरपालिका ७ ढल्केवरका ८५ वर्षिया महिलाको साउन २८ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।
त्यसैगरी अछामको रामारोशन गाउँपालिका-५ का १८ वर्षिय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनी पहिले देखि मुटुरोगका बिरामी थिए ।
यस्तै मोरङको विराटनगर महानगरपालिका-३ का ५७ वर्षिय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी पनि मधुमेह ररक्तचापका रोगी थिए ।
र महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको हो।उनी क्षयरोग र मधुमेहका रोगी थिए। उनको राम जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हालसम्म देशभर मृत्यु हुनेको संख्या ९५ पुगेको छ।