साउन ३०, काठमाडौं। मनमैजु मितेरी पुल नजिक चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ।
तीन चार जनाको समुहले २४ वर्षीय लक्ष्मण तामाङलाई चक्कु प्रहार गरि हत्या गरेका हुन्। राति करिव साढे ८ बजेतिर चक्कु प्रहारबाट घाइते तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।
मृतक लक्ष्मण तामाङ र दोर्जे शेर्पाका समुहका तीन तीन जना युवाहरु मादक पदार्थ पिउँदै गर्दा मनमुटाव बढ्दै जाँदा छुरा प्रहार भई गम्भीर घाइते भई तामाङको मृत्यु भएको प्रहरी बताएकाे छ। हत्यामा संलग्न केही युवाको पहिचान भइसकेकाले खोजी भइरहेको छ।