गायक तथा संगीतकार प्रकाश तामाङको आमाप्रति समर्पित ‘ आमा ’ गीत सार्वजनिक भएको छ ।
ताम्सालिङ टिभिको प्रस्तुतिमा बनेको उक्त गीत आज ( भदौ १ गते ) ताम्सालिङ टिभिको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गायक प्रकाश तामाङको शब्द संगीतमा बनेको ‘ आमा ’ बोलको गीतमा गायिका सुमिना लोले साथ दिनुभएको छ। फनिन्द्र राईको एरेन्जमेन्टमा बनेको उक्त गीतको मीक्सिङ सुमन खड्काले गर्नुभएको हो।
जन्म दिने आमा र सन्तान बीचको भावनात्मक सम्बन्धलाई दर्शाउन खोजिएको ‘ आमा ’ गीतमा अहिलेको समय सान्दर्भिक आमाबाबु र सन्तान बीच देखिने गरेका परिस्थितिको पनि प्रकाश पारिएको छ।