एजेन्सी। इटालियन क्लब इन्टर मिलान युरोपा लिग फुटबलको फाइनलमा प्रबेश गरेको छ ।गएराति यूरोपा लिग अन्तर्गत भएको खेलमा साख्टर डोनेट्स्क विरुुद्ध ५-०को गोल गर्दै सानदार जीतका साथ इन्टर मिलान फाइनलमा प्रबेश गरेको हो ।
गएरातिको सेमिफाइनल खेलमा इन्टरले युक्रेनी क्लब साख्तर डोनेट्स्कलाई ५-० गोलले पराजित गर्न सफल भए हो। खेलमा लाउटारो मार्टिनेज र रोमेलु लुकाकुले समान दुई दुई गोल र ड्यानिलो डि एम्ब्रुसियोले एक गोल गरेका थिए ।
खेलको १९औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गरी इन्टरलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ६४औं मिनेटमा डानिलो डि एम्ब्रोसियोले र ७४औं मिनेटमा मार्टिनेजले गोल गरे ।
त्यस्तै खेलको ७८औं र ८३औं मिनेटमा रोमेलु लुकाकुले गोल गरी टिमलाई जित दिलाए । जितसँगै इन्टर यूरोपा लिग फुटबलको फाइनलमा प्रबेश गरेको छ । अब फाइनलमा इन्टरले स्पेनिस क्लब सेभियासँग खेल्नेछ।