भाद्र ७, काठमाडौं। आईतबार सुनको मुल्य प्रतितोलामा चार सय रुपैयाँले गिरावट आएको छ।
नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीवार र शुक्रबार छापावाल सुन प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो।
आइतबार प्रतिलोला २५ रूपैयाँले घटेर चाँदीको मूल्य १३ सय ४५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ।