भाद्र ७, काठमाडौं। काठमाण्डाै उपत्यकाका खाद्यान्न पसल अब बिहान सवा नौ बजे सम्म खोल्न पाइने छ ।
यसअघि निषेधाज्ञामा बिहान सात बजेसम्म मात्रै पसल खोल्न पाइने थियो । सो नियम परिवर्तन गर्दै तीनवटै जिल्ला प्रशासन कार्यालयले बिहान सवा नौ बजेसम्म खोल्न पाइने बनाएको हो ।
दूध, तरकारी, खाद्यान्न, माछामासु लगायतका खाद्यजन्य पसलको लागि यो आदेश लागू हुनेछ । पानी र स्वास्थ्य सामग्री तथा औषधि पसलको लागि भने समय तोकिएको छैन, निर्वाध रुपमा खाेल्न पाइनेछ ।
उपत्यकामा सङ्क्रमण बढेपछि गएकाे भदाै ३ गते राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी भएको हो ।