भदौ ९, काठमाडौं। निषेधाज्ञा देशको अन्य अर्थतन्त्र ठप्प हुँदा शेयर बजार परिसूचक नेप्से चम्किरहेको छ।
मंगलबार शेयर बजार परिसूचक नेप्से साढे नौ अङ्कले बढेको छ । नेप्से नौ दशमलव ३४ अङ्कले बढेर १४ सय ४० दशमलव ९४ अङ्कमा पुगेको छ ।
मंगलबार नेप्सेमा १८९ कम्पनीका करिब एक अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरको ३९ लाख ४० हजार कित्ता शेयर किनबेच भए। त्यसमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ५४ वटाको घटेको छ। व्यापार, उत्पादन र सामूहिक लगानी कोष बाहेक अरु सबैजसो कम्पनीको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर एक सय ५१ अङ्कले, निर्जीवन बीमा समूहको ३२ अङ्कले, माइक्रोफाइनान्सको २० र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ ।