भाद्र ९, काठमाडौं। नेपाल बिद्युत प्राधिकरणका सिईओ कुलमान घिसिङलाई दोस्रो कार्यकालका लागि पुन :नियुक्ति गर्ने बारे कुनै निर्णय नभएको उर्जामन्त्री बर्षमान पुनले बताएका छन् ।
मन्त्री पुनले घिसिङको कार्यकाल लम्ब्याउनेबारे मन्त्रिपरिषदमा कुनै प्रस्ताव समेत नलगिएको बताएका हुन् ।
कुलमानको पुन कार्यकाल थपिएको भन्दै सामाजिक सञ्जालमा खुसीयाली छाएको बेला मन्त्री पुनले मन्त्रिपरिषदमा यस्तो कुनै प्रस्ताव नलगिएको बताएका हुन्। । यतिबेला फेसबुक लगायतका सामाजिक सञ्जालहरु कुलमानलाई दिईएका बधाई र शुभकामनाका सन्देशहरुले रंगिएका देख्न सकिन्छ ।
कुलमानको कार्यकाल थपिनु पर्नेमा सर्वसाधारण र कलाकारहरु एकमत भएको देखिन्छ। उनको कार्यकाल यही भाद्र २९ गते सकिँदै छ।