कोभिड १९ को कारण परदेशमा रहेका नेपालीहरुले भोग्नुपरेको ब्यथालाइ दर्शाइएको मार्मिक गीत तथा भिडियो “कोरोनाले परदेशमा ” सार्वजनिक भएको छ।
दीपराज थापाको शब्द संगीतमा बनेको यस गीतको भिडियो र शब्दले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको मन छुने छ । भिडियोमा कोरोना महामारीकै कारण परदेशमा रहेका नेपालीले आफ्नो आमासँग अन्तिम भेट गर्न नपाउँदै ज्यान गुमाउनु परेको अनि नेपालमा आमा आफ्नो सन्तान आउने आशामा पर्खिबसेको अत्यन्त समय सान्दर्भिक बिषयवस्तुलाई उठाइएको छ ।
गीतमा चर्चित गजल गायक एवम् संगीतकार राज सिग्देलले स्वर भर्नुभएको छ भने नन्दु राईले संगीत दिनुभएको छ । गीतलाई एरेन्ज गर्नुभएको छ राजु कार्कीले।
नन्दु राई र दिपराज थापाको निर्देशनमा बनेको गीतको भिडियोमा पूजा पाठक, सन्ध्या सुस्केरा, दिपराज थापा, हान्ना थापा, सरोज देवकोटा, सिमोन थापा, सिसिलिया ओबेरी, सोफी मार्टेन्स्सोन र एड्बिन थापाको अभिनयमा रहेको छ ।भिडियो नेपाल र दीपकराज थापा बस्दै आएको देश स्वीडेनमा छायांकन गरिएको हो।
कोरोनाले परदेशमा बसेका नेपालीले भोग्नुपरेको व्यथालाई प्रस्तुत गरिएको यो गीत YouTube च्यानल। OSR Digital बाट सार्वजनिक गरिएको छ।