भाद्र १०, काठमाडौं। साताको सुरुवातदेखि बढेको शेयर बजार आज चौथो दिन बुधबार पनि उकालो लागेको छ।
बुधबार ( आज ) शेयर बजार परिसूचक नेप्से २१.१० अंकले बढेर १४६३.०३ अंकमा रोकिएको छ ।बजारमा १८६ कम्पनीको ५८ लाख ८२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ६१ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।
यस साताको सुरुवातदेखि सर्वाधिक शेयर कारोबार गर्नेमा पुनर्बिमा कम्पनीको रहेको छ। बुधबार शेयर लगानीकर्ता बढी नेपाल पुनर्बिमा कम्पनीमा आफ्नो लगानी गर्न तर्फ लागेको देखिन्छ। कम्पनीको सेयर बुधबार ३४ करोड ९२ लाख ५५ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एनआइसी एशिया बैंक र सुर्या लाइफ इन्स्यारेन्स धेरै कारोबार हुने शीर्ष ५ कम्पनीमा अटाएका छन् ।
त्यस्तै आज कारोबार भएकामध्य एनआरएन इन्फ्रास्टक्च एण्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेर बन्द भएको छ । मंगलबार नेप्सेमा सुचिकृत भएर बुधबारबाट कारोबार खुलेको कम्पनीको सेयर मूल्यमा पहिलो दिनमा नै पोजेटिभ सर्किट लागेको हो ।
। मंगबार करिब २ अर्बको कारोबार भएको बजारमा बुधबार भने करिब २ अर्ब६६ करोडको कारोबार भएको छ ।