एजेन्सी। युवामाझ लोकप्रिय बनेको चिनीयाँ मोबाइल एप टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजिनामा दिएका छन् ।
केभिन मायरले आफु कार्यकारी प्रमुखको रूपमा नियुक्ति भएको ३ महिनामै राजिनामा दिएका हुन्। उनले छोटो समयमा नै कम्पनी र पद छोड्नु परेकोमा दुःख व्यक्त गरेका छ्न्।
अमेरिकी र चीनको राजनैतिक अनबनका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक एप प्रतिबन्ध लगाएको थियो । ट्रम्पको आदेश विरुद्ध टिकटक अदालतमा पुगेका थिए।
अहिले मायरको राजीनामालाई ट्रम्पको आदेश र दुई देश बीच भएको अनबन सँग जोडेको छ। कम्पनीमा आउनु अघि उनी वाल्ट डिज्नी कम्पनीको डीआईएसएन टप स्ट्रिमिङ एक्जिक्युटिभ थिए ।
टिकटकले आफ्नो ईमेल वक्तव्य मार्फत केभिनको राजीनामा पुष्टि गर्नुका साथै पप्पासको अन्तरिम मनोनयनको घोषणा गरेको हो । बाइटड्यान्सका संस्थापक तथा सीईओ झाङ यिमिङले टिकटकले विश्वभर सामना गरिरहेको मुद्दा (विशेषगरी अमेरिका र भारतमा) त्यसको हल चाँडै निकाल्न लागि परेको बताएका छन् ।