दमदार प्रस्तुतिका साथ नवगायिका शशिकला स्याङतनको गीत संगीत क्षेत्रमा प्रवेश:
सिङ्ग मोक्तान
११भदौं-भक्तपुर
नवगायिका शशिकला स्याङतन आफ्नो दमदार सांगीतिक प्रस्तुतीका साथ गीत संगीत क्षेत्रमा प्रवेश गरेकि छिन।नाचु नाचु लाग्यो बोलको आफ्नो पहिलो गीतमा नै उनले ओजनदार प्रस्तुती दिएकि छिन।प्रकाश तितुङको शब्द र
संगीत रहेको उनको पहिलो गीत जिग्मे मिडियाको युट्युब च्यानलबाट भर्खरै मात्र सार्वजनिक भएको हो।यससगैँ शशिकलाले सांगीतिक क्षेत्रमा आफ्नो सम्भावनालाई बलियो बनाएकि छिन।
हेटौँडा स्थायी घर रहेकि शशिकला हाल परिवारसहित ललितपुर चापागाउँ बस्दैँ आएकि छिन।सांगीतिक क्षेत्रमा सानै देखि लाग्ने ईच्छा भएपनि बाटो देखाउँने मान्छे कोही नभएको कारण सांगीतिक क्षेत्रमा लाग्न नसकेको पनि उनले बताईँन।अहिले भने गायक एवम संगीतकार प्रकाश तितुङले अवसर दिएकै कारण आफ्नो पहिलो गीत आउँन सम्भव भएको उनले बताईँन।
सांगीतिक क्लासहरु पनि लिईरहनुभएको छ कि ? भन्ने हाम्रो प्रश्नमा सांगीतिक क्लासहरु भर्खरै लिदैँ गरेको र हाल लकडाउँनको कारण स्थगित भईरहेको पनि उनले बताईँन।
नवगायिका शशिकला स्याङतनलाई हाम्रो तर्फबाट बधाई तथा उज्वल भविष्यको कामना गर्दछौं।धन्यवाद।
उनको गीत हेर्न र सुन्नको लागि लिंकमा क्लिक गर्नुहोला।