भाद्र १२, काठमाडौं। उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
चौधरीले आफूलाई कोरोना संक्रमण भएको जानकारी ट्वीटरबाट दिएका हुन्। शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखाएको तर आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको बताए ।
डाक्टरको सल्लाह अनुरूप आफु आइसोलेशनमा बसेको पनि उनले जानकारी दिए। र आफ्नो सम्पर्कमा आएका सबैले सक्दो सावधानी अपनाउनु आग्रह गरे।