भाद्र १२, डडेलधुरा। कोरोना संक्रमण रोकथामका निम्ति शुक्रबार जिल्ला प्रशासन कार्यालय डडेलधुराले भाद्र १९ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको सूचना प्रकाशन गरी जानकारी दिएको छ।
जिल्लास्तरीय कोभिड -१९ जोखिम व्यवस्थापन समितिले आजको बैठमा उक्त निर्णय गरेको हो। कोराना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण गर्ने उदेश्यले जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।
निषेधाज्ञा अवधिभर जिल्लामा सञ्चालित अत्यावश्यक सेवा तथा बस्तुहरु बिक्री वितरण गर्ने पसलहरू बाहेक सम्पूर्ण पसलहरू भदौ १९ गतेसम्मका लागि सरकारले तोके बोजिमको स्वास्थ्य सुरक्षा अपनाएर बिहान ६ बजेदेखि ११ बजेसम्म मात्रै संचालन गर्न पाउने छ। बैंक तथा वित्तीय संस्था बिहान ८ बजेदेखि १२ बजेसम्म खोल्न पाउने छ। लोड अनलोडको सवारीसाधनमा बिहान ८ बजेभित्र गराई गन्तव्यस्थल जानुपर्ने जस्ता नियमहरू सूचनामा उल्लेख छ।
निषेधाज्ञामा उल्लेखित नियम पालना नगरे संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।