भाद्र १२,संखुवासभा । जिल्ला प्रशासन कार्यालय संखुवासभाले भाद्र १२ शुक्रबार ( आज ) राति १२:०० देखि भाद्र १८ बिहीवार राति १२:०० सम्मका लागि निषेधाज्ञा सूचना जारी गरिएको छ।
संखुवासभामा यसअघि आज शुक्रबार सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । छिमेकी जिल्ला र संखुवासभामा नै संक्रमित बढ्दै गएपछि यसको भयावह स्थिति नआओस् भनी निषेधाज्ञा जारी गरेको प्रजिअ जीवनप्रसाद आचार्यले बताउनुभयो।
निषेधाज्ञाको अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएको छ।
जिल्लामा शुक्रबार प्रहरी हिरासतमा रहेका २ जनामा कोरोना संक्रमण देखिएको छ।