विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।
नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो । ग्यारेजमा पार्किङ गरीराखेको ना ४ ख १४६६ नम्बरको ट्याङ्कर विष्फोट हुँदा पछाडिको भाग पूर्ण रुपमा क्षति भएको छ।
विष्फोटको आवाजले विराटनगर ४ प्रगति टोलका दुई वर्षका शिशुसहित तीन जना बेहोस भएका थिए । उनीहरूको अवस्था अहिले सामान्य रहेको स्थानीय किर्तिराज कार्कीले जानकारी दिए। बेहोस हुने अन्य दुई जना ग्यारेजमा काम गर्ने मजदुर रहेका छन्।
ट्याङ्करमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुन पाएन ।