भाद्र १३, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा ८८४ जना नयाँ कोरोना संक्रमित थपिएको छ। जसमा महिला २४२ र पुरुष ६४१ जना रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको छ।
देशका ४२ जिल्लामा संक्रमण देखिएको हो । काठमाडौं उपत्यकामा मात्र १८६ जना संक्रमित थपिएको छ। जसमा काठमाडौंमा १५५ , ललितपुरमा १९ र भक्तपुरमा १९ जना रहेका छन्।
मन्त्रालयको प्रवक्ता प्राडा गौतमका अनुसार , काठमाण्डौंमा १५५ , ललितपुरमा १९ ,भक्तपुरमा १९, चितवनमा ५७, सर्लाहीमा ८३, पर्सामा ७३ , मोरङमा ३१, इलामका १, झापाका २०, धनकुटाका १९, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सिराहका २२, , काभ्रे १९ र दोलखाका १, धादिङका ९, , मकवानपुरका ९, , सिन्धुपाल्चोकका १, कास्कीका ३, नवलपरासी पूर्वका २३, लमजुङका २९, कपिलवस्तुका २, नवलपरासीका १०, गुल्मीका १, दाङका १९, बाँकेका २०, रुपन्देहीका १६, जाजरकोटका १, रुकुमपश्चिमका १, जुम्लाका १, दैलेखका १, सुर्खेत १०, कैलालीका १९, कञ्चनपुरका १७, दार्चुलाका ३, बझाङका २६ र बैतडीका २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा कुल ३७ हजार ३ सय ४० कोरोना संक्रमण भएको छ।
यस्तै आज ३ महिला र ९ पुरुष गरी १२ जना कोरोना संक्रमणबाट मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो।
मृत्यु हुनेहरुमा भक्तपुरका ६२ वर्षिया महिला , काठमाडौंका ५१ वर्षिया महिला , पाल्पामा ३० वर्षीया महिला, काठमाडौंकै ८३ वर्षीय पुरुष, भक्तपुरकै ८२ वर्षीय पुरुष, पर्सामा ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गाेरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष तथा ललितपुरमा ७२ र ६१ वर्षीय २ पुरुष रहेका छन्। हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।