भाद्र १४, भक्तपुर। भक्तपुर नगरपालिका – १ दुधपाटीका ६५ वर्षिय एक पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ।
मधुमेह र उच्च रक्तचापको बिरामी उनमा श्वासप्रश्वासको समस्या देखिएपछि भाद्र ११ गते पीसीआर परीक्षण गरिएको थियो। र भाद्र १२ गते रिपोर्ट आउँदा कोरोनो पोजिटिभ देखाइएको हो। संक्रमण पुष्टि भएपछि अस्पताल जान भनिएपनि परिवारले होम आइसोलेसनमा राख्ने बताई संक्रमित घरमै बसेका थिए।
वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो।
मृतकको शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए। भक्तपुरमा अहिलेसम्म सात जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ।