भाद्र १४, काठमाडौं । सुनको मुल्य घटबढ हुने क्रम जारी छ। शुक्रबारको दिन केही गिरावट आएको सुनको मुल्य साताको सुरुवातमा केहि वृद्धि भएको छ।
शुक्रबार सुन प्रतितोला ७ सयले घटेको थियो ।आइतबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुनको मुल्य तोलामा ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, आज तेजावी सुनकाे मूल्य ९६ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ ।
शुक्रबार तोलामा ७ सय रुपैयाँ घटेर छापावाला सुनको भाउ प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, शुक्रबार तेजावी सुन प्रति तोला ९६ हजार ४ सय रूपैयाँमा काराेकार भएको थियाे ।
शुक्रबार चाँदीको मुल्य १ हजार ३ सय ४० कायम भएको थियो।आज आईतबार पनि चाँदीको मुल्य भने यथावत् नै रहेको छ।