भाद्र १४, काठमाडौं। साताको पहिलो दिन आइतबार अहिलेसम्मकै धेरै १ हजार २ सय २१ कोरोना संक्रमित थपिएको छ। संक्रमित हुनेमा ३४८ महिला र ८७३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै आज कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको मन्त्रालयको आजको प्रेस ब्रिफिङमा जानकारी दिएको छ।मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन्।
आज मृत्यु हुनेमा सुनसरीमा ७४ वर्षीया एक महिला र ६० वर्षीय एक पुरुष , बारामा ४७ वर्षीया एक महिला, महाेत्तरीमा ६२ वर्षीया एक महिला तथा ७० र ३५ वर्षका दुई पुरुष , काठमाडाैँमा ७२ वर्षीया एक महिला, मोरङमा ६२ वर्षीय एक पुरुष, राैतहटमा ३० वर्षीय एक पुरुष, ललितपुरमा २९ वर्षीय एक पुरुष, भक्तपुरमा ६५ वर्षीय एक पुरुष, नवलपरासीमा ६२ वर्षीय एक पुरुष र रुपन्देहीमा ५७ र ६७ वर्षका दुई पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ।
त्यस्तै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार संक्रमण पुष्टि हुनेमा काठमाडौंका ३७२, ललितपुरका १२, भक्तपुरका ४५, इलामका १, ओखलढुङ्गाका ४, झापाका ११, पाँचथरका १, मोरङका ४९, संखुवासभाका २, सुनसरीका ३३, धनुषाका ७५, पर्साका ४६, बाराका ८२, महोत्तरीका ३७, सप्तरीका ६, सर्लाहीका ३४, सिरहाका २६, काभ्रेका २५, चितवनका ९०, धादिङका ३, मकवानपुरका ९, रामेछापका १, सिन्धुपाल्चोकका २, सिन्धुलीका ५ र कास्कीका ५ जना, गोरखाका ५, तनहुँका ४, नवलपरासीका २, बाग्लुङका ३, अर्घाखाँचीका ३, कपिलवस्तुका २५, गुल्मीका ६, दाङका ५, नवलपरासीका २१, पाल्पाका ८, प्यूठानका ५, बर्दियाका ६, बाँकेका १४, रुपन्देहीका ६१, अछामका ८, कञ्चनपुरका १, कैलालीका ६, डोटीका ११, दार्चुलाका २ तथा बझाङका ४७ जना रहेका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३८ हजार ५ सय ६१ पुगेको छ।हाल सक्रिय संक्रमित भने १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेका छन्।