भदौ १४,काठमाडौं । सरकारले भदौ मसान्तसम्म लामो दुरीका सवारीसाधन र हवाई उडान सञ्चालन नगर्ने निर्णय गरेको छ ।
उग्र रूपमा फैलिरहेको कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर आईतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
यसअघि सरकारले भदौ १ गतेबाट सञ्चालनमा ल्याउने भनिएको अन्तरजिल्ला सवारी साधन र हवाई उडान भदौ १५ गतेसम्मका लागि स्थगित गरिएको थियो।