भदौ १४, काठमाडौं।सरकारले रोजगार खुलाएका विभिन्न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । “रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय भएको हो,” एक मन्त्रीले बताए।
त्यस्तै बैठकमा स्कुल कलेजका परीक्षा , यातायात साधन, हवाई उडान भने भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।