भदौ १५, काठमाडौं। सोमबार पनि सुनको मुल्य वृद्धिले निरन्तरता पाएको छ। आईतबार ३ सयले वृद्धि भएको सुनको मुल्य आज पुन ३ सय वृद्धि भएको छ।
आज सुन ३ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार पुगेको छ।
आईतबार सुन प्रतितोला ९७ हजार २ सय थियो । त्यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय थियो।
महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ । यो आइतबारको भन्दा २५ रुपैयाँ बढी हो