• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

आज २५ अौं तामाङ चलचित्र दिवस,तामाङ चलचित्रको विकास कसरी सम्भव छ त?

  •  संवाददाता
  • १६ भाद्र २०७७, मंगलवार १२:१५ प्रकाशित
    Advertisement

    आज २५ अौं तामाङ चलचित्र दिवस,तामाङ चलचित्रको विकास कसरी सम्भव छ त?

    -सिङ्ग मोक्तान तामाङ

    तामाङ चलचित्र निर्माण भएको आज देखि २५ वर्ष पुगेको छ।२०५२सालमा जयनन्द लामाद्वारा निर्देशन गरिएको पहिलो तामाङ चलचित्र सेमरी छोरङान प्रदर्शन भएको मिति २०५३ भदौं १६ गतेको दिनलाई समातेर विगत केही वर्ष देखि तामाङ चलचित्र संघले तामाङ चलचित्र दिवस मनाउँदै आईरहेको छ।म सर्वप्रथम तामाङ चलचित्र क्षेत्रलाई २५ वर्षसम्म डोर्याउँनुहुने तमाम तामाङ चलचित्रकर्मीहरुमा हार्दिक नमन प्रकट गर्दछु।जसले गर्दा नै तामाङ चलचित्र क्षेत्र यस स्थान सम्म आईपुगेको छ।

    तामाङ चलचित्र जगतले २५ अौं वर्ष मनाईँरहँदा तामाङ चलचित्रले कत्तिको फड्को मार्न सकिएको छ त?यसबेला गम्भीर समीक्षा गर्न जरुरी छ।तामाङ चलचित्र क्षेत्रले आफ्नो लय कत्तिको सामात्न सकेको छ त?के आम दर्शकहरुले अपेक्षा गरेजस्तो चलचित्रहरु निर्माण गर्न सकिरहेको छ त?गम्भीर भएर सोच्न जरुरी छ।यसबारेमा बृहत बहसहरु निरन्तर रुपमा गर्न जरुरी छ।

    कुनै पनि क्षेत्र विकास हुनका लागि त्यस क्षेत्रमा बौद्धिक जमातको प्रवेश अनिवार्य मानिन्छ।बौद्धिक जमात बिनाको हुलबाडीले कुनै पनि क्षेत्रको गुणात्मक विकास असम्भव मानिन्छ।के त्यस्तो बौद्धिक जमातको प्रवेश तामाङ चलचित्र क्षेत्रमा हुन सकेको छ?वा हुन सकिरहेको छ त?हामीले यश विषयमा घोत्लिन जरुरी छ।तामाङ चलचित्र जगतमा बौद्धिक जमातको प्रवेश यश कारण पनि अनिवार्य छ कि जसले मात्र समाजलाई सही ढङगले पर्गेल्न सक्छ।

    हाम्रो समाजको जीवन विज्ञान वा जीवन दर्शनलाई चिन्न सक्छ।यहाँ बौद्धिक भन्नाले टन्न किताब पढेको वा युनिभर्सिटीमा टन्न पढेको मान्छे भन्ने रुपमा बुँझ्नु गलत हुनेछ।बौद्धिक ब्यक्ति बरु त्यो हो जसले समाज बुझेका,सामाजिक व्यवहार बुझेँका,हाम्रा मौलिक ज्ञानका खम्बाहरु लामा,ताम्बा,बोन्बो,हाम्रो मौलिक राजनीतिक दर्शन,न्यायप्रणाली बुझेँका ब्यक्ति भन्ने रुपमा बुँझ्न जरुरी छ।

    यदि हामीले हाम्रा समाजलाई सही ढङ्गले बुँझ्न सकिरहेका छैनौै भने सही चलचित्र निर्माण पनि गर्न सकिन्न।हाम्रा तामाङ चलचित्र लेख्नेहरुको ध्यान यी कुराहरुमा जान जरुरी छ।त्यसैले चलचित्रको कथा लेख्नेहरु बौद्विक हुन अनिवार्य नै छ।त्यसमा अझ उत्कृष्ट निर्देशकहरु जन्मिन वा जन्माउँन जरुरी छ।किनकि फिल्म राम्रो हुने वा नहुने भन्ने कुरा निर्देशकको हातमा धेरै हदसम्म भर पर्दछ।के हामीले त्यस्ता उत्कृष्ट निर्देशकहरुलाई जन्माउँन सक्यौं त?प्रश्न गम्भीर छ।

    हाम्रो तामाङ चलचित्र निर्देशकहरुले कत्तिको तामाङ समाजको जीवन भोगाईँलाई छाम्न सफल भईरहेको छ त?मौलिक ज्ञानहरुलाई कत्तिको चिन्न सकिरहेको छ त?जीवन्त पात्रहरु छान्नको लागि कत्तिको सफल भईरहेको छ त?राज्यले सदियौंदेखि निरन्तर गर्दे आईरहेको विभेदलाई पर्गेल्न कत्तिको सफल भईरहेका छ त?यश बारेमा हामीले गम्भीर चिन्तन मनन गर्न जरुरी छ।

    विश्व राजनीतिक व्यवस्था,देशको राजनीतिक अवस्था,विश्व चलचित्र जगत र तिनको अवस्थालाई कत्तिको चियाउँन सकिरहेका छ त? अनि सूचना प्रविधिको युगमा हामीले सूचना प्रविधी सम्बन्धी ज्ञाताहरुलाई जन्माउँन सक्यौं त?अनि तिनको चलचित्र क्षेत्रको फड्को मार्नको लागि उपयोग गर्न सकिरहेका छौं त?यी प्रश्नहरुको उत्तर हामीले खोज्नुपर्ने बेला आईसकेको छ।

    निर्देशक अलवा उत्कृष्ट कलाकारको पनि उत्कृष्ट फिल्म बन्नको लागि उत्तिकै भूमिका रहने गर्छ।हामीले कत्तिको उत्कृष्ट कलाकार जन्माउँन सक्यौं त?वा छान्न सक्यौं त?
    यश विषयमा तामाङ चलचित्रकर्मीहरु सचेत हुन जरुरी छ।यसको अलवा तामाङ चलचित्रले हल नपाईँरहेको अवस्था,राज्यबाट अवहेलनाको अवस्था लगायतका सबै कुरामा ध्यान दिदैँ अगाडि बढ्न सकेमा तामाङ चलचित्रको भविष्य सुनौलौ रहेको छ।यसतर्फ अगाडि बढ्ने उत्प्रेरणा २५ अौं तामाङ चलचित्र दिवसले दिन सकोस भन्दै २५ अौं तामाङ चलचित्र दिवसको शुभकामना ब्यक्त गर्दछु।धन्यवाद।

     

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    • २. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ३. क्याप्टेन विजय लामा र कांग्रेस नेतासहितको टोलीद्वारा १२ सय बिद्यार्थीलाई न्यानो बस्त्र हस्तान्तरण |

    • ४. मायालुलाई म्युजिक भिडियो सार्वजनिक |

    • ५. गायक मदन घलानको लाहुरे सिकारी अडियो सार्वजनिक,सुजिता जिम्बाले गरे दमदार डेब्यु:

    चर्चित
    • १. क्याप्टेन विजय लामा र पासाङ नोर्वु शेर्पा लगायतको टोलि पुगे सहयोग लिएर भोटेकोसी गा.पा ५ ।

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: तुला माया तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    प्रवास ब्युरो – ज्ञान लामा थोकर
    प्रवास ब्युरो – सुनिल तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.