भदौ १६, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएको संक्रमितमा महिला ३४४ र पुरुष ७२५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ४८१ जना नयाँ कोरोना संक्रमित देखिएका छन् । जसमा काठमाडौंमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जना रहेका छन् । देशभरी हाल ४० हजार ५ सय २९ जना संक्रमित पुगेको छ । सक्रिय संक्रमित १८ हजार १ सय १२ जना रहेका छन् ।
नेपालमा कोरोना भाइरसले एकजना चार वर्षिया बालिका सहित थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजना ४ वर्षिया बालिका र १० जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।मृत्यु हुनेमा काठमाडौंका ७० र ३५ वर्षका पुरुष , पर्साका ५३,८० र ६० , महोत्तरीका ४ वर्षिया बालिका र ३७ वर्षका पुरुष, सिरहामा ६५ वर्षिय, बारामा ६० वर्षिय, चितवन ५२ वर्षिय र मकवानपुर ५८ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।