भदौ १६, काठमाडौं। एसिड आक्रमणमा परेकी मुस्कान खातुनले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् ।
पर्साकी मुस्कान खातुन गत वर्ष २०७६ भदौ २० गते एसिड आक्रमणमा परेकी थिइन्।
मुस्कानले प्रधानमन्त्री ओली भेटेको बारे प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी गराएका हुन् ।
आजको उक्त भेटमा आक्रमणकारीले झुठो विवरण पेश गरी सजायमुक्त भएको बारे कुराकानी भएको बताइएको छ । नेपालमा एसिड आक्रमणका घटना बर्सेनि बढ्दै आइरहेको छ । अघिल्लो महिना गोंगबुमा ओखलढुंगाकी एक युवतीमा एसिड आक्रमण भएको थियो । उनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।