भदौ १७, काठमाडौं। उपत्यकामा बढ्दै गइरहेको कोरोना भाईरस ( कोभिड-१९ ) संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर तीनवटै जिल्लाका प्रशासनले भदौ ४ गतेदेखि लगाएको निषेधाज्ञाको समय अवधि आज (भदौ १७ गते) सकिँदै छ।
समुदाय स्तरमा फैलिएको संक्रमणलाई नियन्त्रण गर्न अथवा पीसीआर परीक्षणको बढाउन , संक्रमितलाई राख्न आइसोलेसनको उचित व्यवस्था गर्न र संक्रमितको सम्पर्कमा आएकाको पहिचान गर्न( कन्ट्याक ट्रेसिङ )प्रशासनले निषेधाज्ञा लगाइएको थियो।
रोकथाम र नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले कोरोना संक्रमणको वृद्धिदरमा कमी आयो न त पीसीआर परीक्षणको दायरा फराकिलो भयो।
निषेधाज्ञा अगाडि उपत्यकामा २ हजार ३४० संक्रमित रहेकोमा निषेधाज्ञाको अवधिमा उपत्यकामा ३ हजार ८६५ जना संक्रमित थपिए। र यो दुई सातामा देशभर मात्र ११ हजार ५९१ जनामा संक्रमित थपिएको छ भने ४७ हजार १ सय ६२ वटा मात्र स्वाब परीक्षण भएको छ। त्यस्तै ११९ जनाले ज्यान गुमाएको छ।
कोरोनाको हटस्पट मानिएको उपत्यकाका तीन जिल्लामा एक घर एक पीसीआर निति लागु हुन नसक्नु सरकारको कमजोर स्वास्थ्य नितिलाइ इंकित गर्छ। सरकारको यस्तो अपरिपक्व र सुस्त कार्यशैलीले कोरोना महामारी नियन्त्रण कसरी सम्भव हुन्छ?
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार पछिल्लो साता नेपालमा संक्रमण दर बढिरहेको छ । ‘संक्रमित संख्या बढेर आइसोलेसन र आईसीयूको अभावमा अस्पतालमा समस्या उत्पन्न हुँदै गएको लामो समय भइसक्यो’, डा. सुवेदी भन्छन्, ‘निषेधाज्ञा गरेर महामारी नियन्त्रणमा केही प्रभावकारी कदम नचाल्ने हो भने निषेधाज्ञा गर्नु र नगर्नुको केही अर्थ रहन्न ।’