भदौ १७, । सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं २ लिदी पहिरो पीडितलाई रोशनी गोले तामाङको पहलमा दैनिक उपभोगका सामग्री सहयोग गरिएको छ।
जुगल-४ का युवा एंवम् नेकपा बागमती प्रदेश आर्थिक बिभागका सदस्य इश्वर गुभाजुकाे विशेष पहलमा हार्बिट संस्थाले खाद्यान्न लगाएत दैनिक उपयाेगका सामग्री सहयाेग गरेकाे छ । उक्त संस्थाकाे प्रतिनिधित्व गर्दै रोशनी गोले तामाङले २० बाेरा चामल ,१सय ३० के.जि दाल, ४० लिटर तेल , ५० के.जि नुन , ५० ओटा त्रिपाल , सेनेटरी प्याड , साबुन , मन्जन जस्ता दैनिक प्रयोग हुने सामग्री जुगल गाउँपालिकाको वडा नं ३ मा रहेको अस्थायी बासस्थान बाँसखर्कमा पुगेर पालिकाका उपाध्यक्ष सिर्जना तामाङ र पहिरो पीडितलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो।
अविरल वर्षाका कारण श्रावण ३० गते शुक्रबार बिहान पहिरोले जुगल गाउँपालिका–२ गोल्चे लिदी गाउँका ३७ घर पुरेको थियो भने पहिरोमा ३९ बेपत्ता भएका थिए ।