भदौ १८, बागलुङ।अविरल वर्षाका कारण बागलुङको ढोरपाटन बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आएको छ।
गएराति १२ बजे आएको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँकाक कम्तिमा१० घर बगाएको र करिब १२ जना सम्पर्कविहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। ‘अहिले उद्दारको काम भइरहेको छ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ’ उनले बताए।
घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ।रासस