भदौ १८, काठमाडौं। पछिल्लो २४ घण्टामा ३९४ महिला र ८३४ पुरुष गरी १ हजार २२८ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ।यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ। हाल संक्तिय संक्रमित भने १८ हजार ४१३ रहेको छ।
काठमाडौं उपत्यकामा मात्र ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित रहेका छन्।
आज थप ६ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।
प्रवक्ता प्राडा गौतमका अनुसार हाल क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन् ।र १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन् ।
आज थप ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।