भदौ १९, काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरको आज शुक्रबार बिहान ४ बजे देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
चक्रपथ क्षेत्र बल्खु पुलदेखि मनोहरा पुलसम्म कर्फ्यु आदेश जारी गरेको ललितपुरका प्रजिअ नारायण प्रसाद भट्टले जानकारी दिए।
कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा अवज्ञा गरी बिहिबार रातो मच्छिन्द्रनाथ रथ तानेर अगाडि बढाउने क्रममा प्रहरी र स्थानीय युवा बीच भएको झडपपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।