क्वारेन्टाईन व्यवस्थापनमा बढी खर्च गरेको आलोचना ,अनुगमन प्रतिवेदन सार्वजनिक,,, उत्तरगया गाउँपालिकाले क्वारेन्टाईन अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको छ ।
क्वारेन्टाईन बारे आएको आलोचनालाई मध्यनजर गर्दै गाउँपालिकाले अनुगमन गरेको थियो । गाउँपालिका भित्र रहेको क्वारेन्टाईन अव्यवस्थित भएको भन्दै सामाजिक सञ्जालमा आउन थालेपछि गाउँपालिक अध्यक्षले १ हप्ताभित्र प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएका थिए । गाउँपालिका उपाध्यक्ष सहित ८ जना पदाधिकारी रहेको समितिले भदौ १७ गते गाउँपालिका अध्यक्ष समक्ष बुधबार प्रतिवेदन बुझाएको हो । गाउँपालिकाले ५ वटै वडामा रहेको क्वारेन्टाईनको अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन खड्काले जानकारी दिए । क्वारेन्टाईन व्यवस्थापनमा गाउँपालिकाले आवश्यकताभन्दा बढी खर्च गरेको भन्दै प्रचार भएकोले क्वाईन्टाईन अनुगमन गरीएको क्वारेन्टाईन अनुगमन छानबिन समिति संयोजक चमेली गुरुङले बताईन । उनका अनुसार क्वारेन्टाईन व्यवस्थित नभएको भन्दै चौतर्फी आलोचना भएपछि प्रतिवेदन मार्फत वास्तविकता प्रस्तुत गर्न खोजिएको हो । क्वारेन्टाईन व्यवस्थापनमा गाउँपालिकाले आवश्यकताभन्दा बढी खर्च गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि गाउँपालिकाले वास्तविक खर्च विवरण प्रस्तुत गरिएको छ । उत्तरगया गाउँपालिकाले विपद व्यवस्थापन कोषबाट ३७ लाख ३२ हजार बराबरको राहत वितरण गरिएको छ । साथै ५ वटै वडामा क्वारेन्टाईन स्थापनाका लागि १० लाख ६८ हजार बराबरको खर्च भएको छ । प्रतिवेदनलाई मध्य नजर गर्दै गाउँपालिकाले क्वारेन्टाईनमा थप सेवा सुविधाको व्यवस्था गर्ने उत्तरगया गाउँपालिका प्रमुख उप्रेन्द्र लम्साल ले जानकारी दिए । उत्तरगया गाउँपालिका रसुवा जिल्ला प्रवेश गर्ने नाका भएकाले बाहिरी जिल्लाबाट बेत्रावती हुदै प्रवेश गर्ने व्यक्तिहरुको आवागमन नियन्त्रण र व्यवस्थापन गरी कोरोना भाइरसको जोखिमबाट जोगाउँन संघिय तथा प्रदेश सरकार, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मि, नागरिक समाज, व्यक्ति, समुदाय, पेशागत व्यवसायी, गैर सरकारी सघं संस्था, राजनितिक दल र आम सञ्चार माध्यमको पनि महत्वपुर्ण भुमिका हुने क्वारेन्टाईन अनुगमन छानबिन समिति संयोजक चमेली गुरुङले बताउनुभयो|