काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाको कप्तान लियोनल मेस्सीको अन्तत बार्सिलोना नछोड्ने निर्णय गरेको छ।
मेस्सीले १० दिन अगाडि आफु अनुबन्धित समयावधि भन्दा अगाडिनै सित्तैमा क्लब छोड्ने निर्णय गर्दै क्लबलाई पत्र बुझाएका थिए। तर क्लबले मेस्सीको ७ सय मिलियन युरोको रिलिज क्लज हटाउन अस्वीकार गरेको थियो।
यही १० दिनदेखिको तनाब र अड्कलबाजीको अन्त्य गर्दै आफु बार्सिलोनामा रहने बताए। साथै उनले आफु क्लबसँग कुनै कानुनी प्रकियामा जना नचाहेको पनि बताए।