बागलुङको ढोरपाटन नगरपालिका वडा नं ९ मा गएको बुधबार रतिको बाढी पहिरो पीडितलाई अहिले गाँस, बास र कपासको नैं समस्या भइरहेको छ।
व्यक्तिगत तथा विभिन्न संघसंस्थाहरुबाट राहत वितरण कार्य हुन थालेको छ ।तर जीवनयापन गर्न आधारभुत आवश्यकता पुरा गर्न पीडितलाई समस्या परेको छ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा घटनास्थल पुगेर पीडितलाई चामल र त्रिपालसहितको राहत वितरण गरेका थिए। ७६ परिवारलाई पीडितमा सुचिकृत गरी राहत वितरण गरेको थियो ।
त्यस्तै काँग्रेस क्षेत्रीय सभापति द्रोण कुँवर नेतृत्वको टोलीले पनि खाद्यान्न र त्रिपाललगायतका राहत सामग्री वितरण गरेका थिए। नेपाल रेडक्रस सोसाइटीले लत्ताकपडा, त्रिपाल र पकाउने भाँडा सहयोग गरेको छ।
बुधबार रातिको बाढी पहिरोले ढोरपाटन गाउँपालिकाका १६ जनाको शव भेटिएको छ अझै २२ जना बेपत्ता छन्। बाढी पहिरोले ढोरपाटन गाउँपालिका ५, ६, ७,८ र ९ का ८० घर पूर्णरुपमा र ५१ घरमा आंशिक क्षति पुगेको बताइएको छ।