भदौ २१, काठमाडौं। वर्षा र सहकालका देवता रातोमच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने भएको छ।
सामाजिक दूरी कायम गर्दै आइतबार बिहानदेखि १९ औँ जातिय खल : पुचका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्था समेत रहेको जातिय खल : पुचका संयोजक चन्द्र महर्जनले बताए।
सामान्य अवस्था नरहेकोले रथलाई पुरा शहर नघुमाइ पुल्चोकको पाटीबाट करिब ३० मिटर अगाडि लागेर जात्रा विसर्जन गरिने उनले बताए।
जात्रा बिसर्जन गरेपछि रथलाई बुंगमती लैजाने चलन रहेको छ। जात्रा विसर्जनपछि विशेष पुजा हुन्छ र रातो मच्छिन्द्रनाथलाइ बुंगमती लान जोसी ज्युले साइत हेर्नुहुन्छ।