एजेन्सी। स्पेनिस खेलाडी लियोनल मेस्सी बार्सिलोना क्लबको प्रशिक्षणमा फर्किएका छन्।
बार्सिलोनामा रहने पक्का भएपछि प्रशिक्षणमा सहभागी हुनुपुर्व कोरोना परीक्षण गराएका मेस्सीको रिपोर्ट नेगेटिभ आएको छ।
प्रशिक्षण सुरु भएको एक हप्ता पछि मात्र मेस्सीले प्रशिक्षणमा सहभागी भएका हुन्। क्लब छाड्ने तयारीमा बसेका मेस्सी अन्तत क्लबको सात सय मिलियन यूरो क्लज पुरा गर्न नसकेपछि बार्सिलोनामा रहने निर्णय गरेका थिए।
नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान आएपछि मेस्सी पहिलोपटक प्रशिक्षणमा सहभागी भएका हुन्। सोमबारको प्रशिक्षणमा मेस्सी र फिलिप कोन्टिन्होले एक्लाएक्लै प्रशिक्षण गरे, अरुले भने समूहमा प्रशिक्षण गरेका थिए ।