एजेन्सी। विश्वको नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसमा अयोग्य ठहर भई प्रतियोगिताबाट बाहिरिएका छन्।
जोकोभिचले प्रहार गरेको बलले लाइनमा बसेको निर्णायकलाई लागेपछि प्रतियोगिताका लागि अयोग्य घोषित गरिएको हो।
सुरुवातदेखि ६-५ ले अग्रता लिरहेको जोकोभिचले रिसमा गोजीबाट बल निकालेर प्रहार गर्दा महिला निर्णायकका लागेको थियो ।आर्थर एस स्टेडियममा भइरहेको स्पेनका पाब्लो क्यारोनो बुस्टा र जोकोभिचको खेलमा कुनै खराब नियतबिना गरिएको यो घटनापछि ती महिला निर्णायक कोर्टमै ढलिन्, उनी आफ्नो घाँटी समाइरहेकी थिइन् र उनको स्वरमा पीडा थियो ।
यसमा कुनै पनि शंका थिएन, जोकोभिच ती महिला निर्णायकलाई ताकेर बल प्रहार गरिरहेका थिए भनेर । लगत्तै उनी ती महिलातर्फ गए र माफी पनि मागे । तर यो ग्रान्ड स्लाम टेनिसको नियम नै त हो, कोही कसैमाथि प्रतिस्पर्धाका क्रममा शारीरिक आघात पुग्ने काम गर्न नहुने । जोकोभिचले गरेको कामले भने त्यस्तै आघात पुगेको थियो ।