नेपाली क्रिकेटर सन्दीप आबद्ध टोली जमैका तल्लावाज क्यारेबियन प्रिमियर लिग( सीपीएल )को सेमिफाइनलबाट बाहिरिएको छ।
मंगलबार राति भएको सेमिफाइनको पहिलो खेलमा ट्रिन्बागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो हार व्यहोर्दै जमैका तल्लावाज उपाधि होडबाट बाहिरिएको हो।
ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर मात्रै १०७ रन बनाएको थियो ।एक सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरे।
नाइट राइडर्सको जितमा लिंडे साइमन्सले अविजित ५४ रन बनाएका थिए भने टिओनवेबस्टरले अविजित ४४ रन बनाएका थिए । जमैकाका लागि एक विकेट मुजीब उर रहमानले लिएका थिए ।
नेपाली स्पिनर सन्दीप लामिछाने भने यस खेलमा विकेट विहिन भएका छन् । सन्दीपले ४ ओभर बलिङ गर्दो २९ रन दिएका छन् । सन्दीपले यस सिजनको सिपिएलमा कुल १२ विकेट लिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाउदै १०७ रन बनाएको थियो ।जमैकाका लागि नक्रुमाह बोन्नेरले ४१ रन बनाए भने रोभमन पावेलले ३३ रन बनाए भने आन्द्रे रसेलले २ रन बनाए ।
त्यस्तै जमैकाका मुजीब उर रहमान र जेर्मन ब्ल्याकवूड शुन्यमा आउट भएका थिए भने ग्लेन फिलिपले र रन बनाए भने आसिफ अलीले ४ रन बनाएका थिए । त्यस्तै कार्लोस ब्रेथवेटले १३ रन बनाए ।
त्यस्तै ट्रीन्बागोका बलर अकील होसैनले ३ विकेट लिए भने खरी पिएरेले २ विकेट लिए । त्यस्तै सुनिल नारान र फवाद अहमदले एक एक विकेट लिएका थिए ।
अब फाइनलमा ट्रीन्बागोले गुयाना अमेजन वारियर्स र सेन्ट लुसिया जोउक्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।