चर्चित लोक गायिका पुर्णकला बीसी र रोशन घलान तामाङको सहकार्यमा नयाँ लोक दोहरी “मायालु” हामी दुईको बीचमा गीत र भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको छ।
गीतको भिडियोमा विशाल पाख्रिन ,आरके लुङबा , डोल्मा पाख्रिन र निमा दिकी घलेको दमदार नृत्य देख्न सक्छौ। भिडियोको निर्देशन आरके लुङ्बा तामाङ र विशाल पाख्रिनले गरेको छ ।
यस भिडियोको छायांकन कुवेतमा गरिएको हो। विजय लामाले क्यामेरामा खिचेको भिडियो सम्पादन र सिनेमाटोग्राफ आरके लुङ्बा स्वयम् गरेको छ।
पुर्णकला बीसी र रोशन घलान तामाङको स्वर रहेको उक्त गीतको रचना लक्ष्मी ब्लोन तामाङले गरेको हो। विशाल पाख्रिन तामाङको संगीत रहेको गीतको अडियो मीक्सिङ श्याम श्वेता रसाइलीले गरेको छ। गीतको अरेन्जर कृष्ण बिके भन्जा रहेको छ।
“मायालु” हामी दुईको बीचमा गीत र भिडियो युट्युब च्यानल विशाल मिडियाबाट सार्वजनिक भएको छ ।