भदौ २५, काठमाडौं। सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं ५ ( साविक बराम्ची वडा नं ४ ) की एक गर्भवती महिलाको विम्रेनी रातो भीरबाट खसेर दर्दनाक मृत्यु भएको छ।
आज बिहान ८ बजेतिर घाँस काट्न गएकी ४१ वर्षिया सञ्च माया तामाङ भीरबाट खसेर भएको हो । उनी आठ महिनाको गर्भवती थिइन् ।
मृतक सञ्च माया तामाङको शव पेट फुटेर आन्द्राभुँडी निस्केको अवस्थामा फेला परेकी थिइन् । गर्वमा रहेको शिशु जीवितै रहेको परिवारले बताएकाे छ।