भदौ २६, भक्तपुर । मध्यपुर ठिमी निकोसेरा नगरपालिका ९ स्थित एक घरमा तीनजनाको शव भेटिएको छ।
भेटिएका शव घरका आमा बुवा र छोराको रहेको छ । मृतकका भाई सुनिल अधिकारी घरमा जाँदा चार तल्ले घरको कौशीमा निस्कने ठाउँमा ३६ वर्षीय सुदिप अधिकारी, दोश्रो तलाको ओछ्यानमा सुदिपको श्रीमती ३४ वर्षीया सम्झना र तेश्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले बताउनु भयो।
घटना कसरी, कसले र किन भयो भन्ने अनुसन्धान भइरहेको र शव गन्हाउन थालेको हुनाले यो घटना केही दिन अगाडि नै भएको हुन सक्ने प्रहरीको अनुमान छ।अपराध अनुसन्धान महाशाखाले घटनाको क्लु खोजिरहेको महाशाखाका एसएसपी दिपक थापाले बताउनु भयो।