एजेन्सी। चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण ( कोभिड १९ )ले हाल विश्वमा नै असर पुर्याइरहेको छ।
विश्वका केही देश छोडेर सबै देशहरूमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण लाखौं मानिसले ज्यान गुमाइसकेको छ।
यो समाचार तयार पार्दासम्म विश्वमा २ करोड ८६ लाख ३१ हजार ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै ९ लाख १८ हजार ६ सय ७७ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ।
विश्वमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या २ करोड ५ लाख ५५ हजार ४ सय १६ संक्रमित निको भएका छन्।
कोरोना संक्रमणले सबैभन्दा बढी अमेरिकामा असर पारेको छ। अमेरिकामा ज्यान गुमाउनको संख्या एक लाख ९६ हजार दुई सय २८ पुगेको छ । र ६६ लाख ३३ हजार ४ सय ८२ जना संक्रमित भएका छन्।
त्यस्तै,भारत अमेरिकापछिको दोस्रो सबैभन्दा बढी संक्रमित भएको देश रहेको छ।